logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पत्रकार महर्जनलाइ ३ दिन भित्र उपस्तिथित गराउन सर्वोच्चको आदेश


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

मौलिक नेवारी पत्रीका का सम्पादक जनपत्रकार संगठन, नेपालका काठमाडौं जिल्ला संयोजक जितेन्द्र महर्जनलाई ३ दिनचित्र सर्वाेच्चमा पक्राउको कारणसहित उपस्थित गराउन सर्वाेच्च अदालतले आदेश जारी गरेकाे छ ।

न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक रहेका महर्जनकाे रिहाइका लागि नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा गत शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

सर्वाेच्च अदालतका न्यायाधीश पुरुषाेत्तम भण्डारीकाे एकल इजलासले पक्राउ गर्नाकाे लिखित जवाफसहित बन्दीलाई उपस्थित गराउन साेमबार आदेश दिएकाे हाे ।

नेवाः भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरफ्तारी गैरकानूनी र संविधान विरुद्ध भन्दै बिनाशर्त रिहाइका लागि जैसीले रिट दायर गरेका थिए। गत चैत्र २६ गते दिउसो पत्रिकाको कार्यालयमा समाचार सम्पादन गरिरहेका बेला अपहरण शैलीमा महर्जनलाई कार्यालयबाटै गिरफ्तार गरी एकदिन चरम यातना दिएर जिल्ला अदालतमा म्याद थप गरिएको थियो ।

पत्रकार महर्जनकाे रिटउपर साेमबार वरिष्ठ अधिवक्त एकराज भण्डारी, कपिलचन्द्र पाेख्रेल, कान्ति ढुङ्गाना, चुडाबहादुर तिवारीलगायतले बहस गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार