logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भन्सारमा घुसको दररेट, एजेन्टले नै चलाउँछन् कार्यालय


  • पत्रपत्रिका
  • मंगलबार, बैशाख ३ २०७६

 

३ वैशाख, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अनियमितता र बेथिति नै सबैजसोको पहिलो प्राथमिकतामा परेको छ । सरकारी सम्पत्ति हिनामिनादेखि सरकारी अड्डामा हुने खुलेआम घुस कारोबारसम्मका विषयलाई पत्रिकाहरुले उठाएका छन् । त्यस्तै, वैदेशिक रोजगारीको कहर, मेडिकल कलेजको ठगी, निःशुल्क औषधि वितरणमा देखिएको बेथितिलाई पनि आजका पत्रिकाहरुले स्थान दिएका छन् ।

भैरहवा भन्सार कार्यालयको चिरफार आजको अन्नपूर्णले गरेको छ । अन्नपूर्णका अनुसार यो भन्सार कार्यालयमा खुलेआम घुस कारोबार हुने गरेको छ । भन्सार कार्यालय सञ्चालनका लागि सरकारले कर्मचारीको व्यवस्था गरेको छ । तर, यो कार्यालयमा कर्मचारीको कुर्सी प्रायः खाली हुन्छ । एजेन्टले नै भन्सार चलाइरहेका हुन्छन् ।

अन्नपूर्ण लेख्छ– भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा टाँसिएको त छैन । तर, कर्मचारी र एजेन्टलाई कण्ठै छ ।

अन्नपूर्णका अनुसार, भन्सार कार्यालय वरपर एजेन्टको अड्डा छ र त्यही दररेट पाइन्छ । भैरहवा भन्सारबाट दैनिक करिब साढे पाँच सय मालवाहक गाडी भित्रिने गरेका छन् । अन्नपूर्णको दाबी अनुसार, यो कार्यालयमा दैनिक सवा आठ लाखको घुस कारोबार हुन्छ । वर्षमा ३० करोडभन्दा बढी । यसरी कारोबार हुने घुस कार्यालय सहयोगीदेखि मन्त्रीसम्म पुग्ने गरेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार