logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एनसेल नख्खु बम विस्फोट: विप्लव नेकपाका जुम्ला सेक्रेटरी सहित दुई प्रकाउ


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

पोखरा-एनसेल कार्यालय नख्खुमा बम विस्फोट घटनामा संलग्न बह्न्दै प्रहरीले विप्लवका थप दुई जना कार्यकर्तालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा जुम्ला सेक्रेटरी वीरबहादुर कठायत उर्फ रणवीर र अर्का एक चन्द्रबहादुर तिरुवा छन्। दुवैलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।कठायतविरूद्ध जुम्ला प्रहरीमा सरकारी सम्पत्ति तोडफोडसहितको उजुरी दर्ता छ।

दुवै नख्खुमा बम राख्न जानेहरु रहेको प्रहरीले जनाएको छ। सिटिभी फुटेजमा उनीहरु बम राख्न गएको देखिएको थियो। त्यसकै आधारमा प्रहरीले दुवैको खोजी तीब्र पारेको प्रहरीले बताएका छन।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट गराएको थियो। घटनामा सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए।

यसअघि प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले घटनाका मुख्य योजनाकार मानिएका सूर्य भुजेललाई २०७५ फागुन १४ मा पक्राउ गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार