राजनीति
मुलुकको राजनीति छिन छिनमा भएको परिवर्तन संगै प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापासहितलाई मन्त्री बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामाको तयारी गरेका छन् ।
प्रधानमन्त्रीले माओवादी मन्त्रीहरूलाई सरकार छाड्न शुक्रबार दिउँसो चेतावनी दिएका थिए । देउवाको चेतावनीलाई बेवास्ता गरेका माओवादी मन्त्रीहरू बर्खास्तमा पर्ने डरले राजीनामा गर्ने मुडमा रहेको स्रोतको जानकारी छ ।
शनिबार नयाँ मन्त्रीहरू थपे पछि माओवादी मन्त्री र नेताहरूको आकस्मिक बैठक समेत बसेको छ । बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको उच्च स्रोतको भनाइ छ ।
राजीनामा नदिए देउवाले शनिबार बिहानै माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने छन् । बर्खास्तमा पर्ने डरले माओवादी मन्त्रीहरू त्रसित भएको बुझिएको छ ।