logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बन्दको प्रभाव मुलुकभर, पाल्पामा बम बिस्फोट


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको गरेको छ । आफ्ना नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी, झुठा मुद्दा र यातना दिएको र नागरिकमाथि चरम अत्याचार र अन्याय थोपरेको भन्दै बन्द आव्हान गरेको नेकपाको अपिलमा उल्लेख गरेको छ । बन्दको कारण मुलुकभर यातायात प्रभावित भएको छ भने स्कुल कलेजहरु चल्न सकेका छैनन् । बन्दको प्रभाव मुलुक भर परेको रिपोर्ट प्राप्त भएको छ ।

यसै क्रममा पोखराको जिरो किमी मा प्रेसेर कुकुर बम भेटिएको समाचार प्राप्त भएको छ । एकाबिहानै मुल सडकमा शंकास्पद बस्तुहरु भेटिए पछि यातायात अबरुद्ध भएको छ भने जनमानसमा त्रसित भएका छन ।

बिहानको समयमा राजधानीमा सार्वजनिक सवारी साधन फाटफुट चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने लामाे तथा छाेटाे दुरीका सवारी साधन ठप्प भएका छन् ।

त्यस्तै राजधानी बाहिरका जिल्लाहरुमा पनि सवारी साधन, शैक्षिक संस्था, कलकारखाना, उद्याेग, बजार बन्द भएका छन् ।

हामिलाइ प्राप्त रिपोर्ट अनुसार पाल्पाकाे रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विष्फोट भएको छ । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताएका छन् ।

उनका अनुसार विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । कार्यालयको झ्यालका सिसा फुटेका छन् । बिहीबार बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन् । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य सुदर्शन, पालिटब्यूरो सदस्य जिवन्त, केन्द्रीय सदस्यहरु वसन्त , बन्धु, लगायत ३०० भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर हिरासतमा राख्दै आएको नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार