logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शंकास्पद बस्तु डिस्पोज गर्दा सेना नायक घाइते


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

नेपाल बन्दको पुर्व सन्धयामा पोखरा लगाएत बिभिन्न क्षेत्रमा बम अनि शंकास्पद बस्तु भेटिएको छ।पोखरा ३ नदिपुर प्रदेश सभा भवन अगाडी भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा एक जना सेनाको नायक घाईते भएको खबर प्राप्त भएको छ।प्राप्त सुचना अनुसार घाइते हुनेमा नायक धर्म बहादुर थापा रह्को छ।

एकाबिहानै तनहुँ शुक्लागण्डकी–४, दुलेगौंडामा पनि भेटिएको शंकास्पद बस्तु भेटिएको छ। शुक्ला गन्डकी एफएमले दिएको जानकारी अनुसार अहिले प्रहरीले सुरक्षा दिईरहेको सेनाको डिस्पोजल टोली लाई खवर गरेको घटना स्थल हिडेको जिल्ला प्रहरी कार्यालयले बताएको छ्।

पोखरा-पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको र उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ ।

यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही पार्टीले राखेको हुन सक्ने आशंका छ ।
सरकारी दमन र अाफ्ना नेता कार्यकर्ताकाे गैरन्यायिक गिरफ्तारीकाे विराेधमा विप्लव नेतृत्वकाे नेकपाले अायाेजना गरेकाे नेपाल बन्दकाे बिहानै पाेखराकाे जिराेकिमीमा टेपले बेरिएकाे अवस्थामा शंकास्पद बस्तु फेला परेको छ ।अहिले नेपाल प्रहरीले बाट घेरेर सुरक्षा दिईरहेको छ।प्राप्त सुचना अनुसार नेपाली सेनाको डिस्पोजल टोली लाई खवर गरिएको कास्की प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार