logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बन्दको क्रममा कावासोतीमा ट्रकमा आगजनी


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

नवलपुर- नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा नवलपुरमा ट्रकमा आगजनी भएको छ । कावासोती नगरपालिका–१६ डण्डामा बन्दकर्ताले ट्रकमा आगजनी गरेका हुन् ।

भारतको गुजरातबाट काठमाडौँका लागि छुटेको मालबहाक ट्रकमा बिहीबार बिहान आगजनी भएको प्रहरीले जनाएको छ । आगोका कारण ट्रकको अघिल्लो भागमा क्षति भएको छ । प्लाइउड लिएर आएको ट्रकमा आगजनी भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार