logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डको प्रस्ताव जसले ओलीलाइ मौन र नेपाल लाइ न्यानो बनायो


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

वर्तमान सत्ताको बागडोर सम्हालेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जिम्मेवारी बिन्यास सम्बन्धि राखेको प्रस्तावले ओली लाइ मौन र नेपाललाइ खुस बनाएको बुझिएको छ । प्रचण्डले जनप्रतिनिधिहरुलाई समेत पार्टीको जिल्ला अध्यक्ष र सचिव बनाउन सकिने प्रस्ताव गरेका छन् । यसमा वरिष्ठ नेता माधवकुमार नेपाल सहमत देखिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जवाफ दिएका छैनन् ।

नेकपाले जनप्रतिनिधि भइसकेकालाई पार्टीको कार्याकारी भूमिकामा रहने गरी जिल्ला अध्यक्ष र सचिव नबनाउने गरी मापदण्ड बनाएको थियो ।

तर, प्रदेश ५ लगायतका ठाउँमा ओली समूहले मापदण्ड विपरीत वरिष्ठता मिचेर आफ्नो समूहका नेताहरुको नाम पठाएपछि त्यसमा माधवकुमार नेपाल समूहले आपत्ति जनाएको थियो । वरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने नेपाल समूहको तर्क रहँदै आएको छ ।

पूर्वएमाले समूहमा देखिएको यही विवादका कारण तत्कालीन एमाले र माओवादीबीच भागवण्डा लगभग मिल्दा पनि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरु तोक्न सकेको छैन ।

पछिल्लो समय माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी समेत दिएको थियो ।

नेकपा सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच यसबारे छलफल जारी छ । यो छलफलमा प्रचण्डले जनप्रतिनिधि भइसकेका भए पनि जुन पद छ, त्यही जिम्मेवारी दिने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

सत्तारुढ नेकपा स्रोतका अनुसार , ‘यसमा माधव नेपाल सहमत देखिनुभएको छ तर, ओलीले केही भन्नुभएको छैन ।’

माधवकुमार नेपालनिकट एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डको प्रस्तावकै आधारमा मापदण्ड बनाउने हो भने सहमति हुन सक्ने सम्भावना प्रवल देखेको बताएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार