logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

पत्रकार महासंघ द्धारा २ दफा खारेजीको माग नसच्चिए सम्म संघर्ष गर्ने( हेर्नुस दफा ४७/४८)


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७/४८ खारेज नभएसम्म आफ्नो चरणबद्ध आन्दोलन नरोक्ने भएको छ । आज सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चेतावनी दिएका हुन् ।

पोखराका पत्रकार अर्जुन गिरिलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ मा टेकेर मुद्दा चलाएपछि अहिले देशभरका पत्रकारहरु आन्दोलनमा छन् ।

प्रेस काउन्सिलमा दर्ता रहेको ताण्डब न्यूज डटकममा प्रकाशित समाचारलाई विद्युतीय कारोबार ऐनको सो दफाको आधारमा मुद्दा चलाएपछि आन्दोलित पत्रकार महासंघको केन्द्रीय टोलीले पटक पटक यो दफाका कारण पत्रकारहरु समाचार लेखेकै आधारमा प्रहरी हिरासतमा पुग्ने गरेको भन्दै यस दफालाई नै खारेज गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझ्दै सञ्चारमन्त्री बाँस्कोटाले अब यसरी पत्रकारहरुलाई विद्युतीय ऐन मार्फत् मुद्दा नचलाईने भन्दै हिरासतमा रहेका गिरिको बारेमा पनि अदालतले बिहीबार नै फैसला गरेपछि बिहीबार नै उनी छुट्ने सम्भावना रहेको बताएका छन् ।

ज्ञापनपत्र बुझाउन गएको पत्रकारको टोलीमा महासंघका महासचिव रमेश विष्टले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ मा के छ ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार