राजनीति
पुर्व गृहमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भिम रावलले बालुवटार बेचेर खानेलाइ कार्वाही हुनुपर्ने धारणा सार्वजनिक गरेकाछन ।
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न नेकपा नेता एवं सांसद भीम रावलले माग गरेका हुन । यो जग्गा सरकारले रोक्का राख्ने निर्णय गरेकाे छ ।
साथै उनले जनताबाट बहुमत प्राप्त सरकारले देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्ने बताउँदै बालुवाटारको जग्गा कब्जा गर्नेमाथि कारबाही गर्न सरकार सफल बन्न शुभकामना पनि दिएका छ्न ।
उनले लेखेका छन द्वन्द र अस्थिर स्थितिमा बिगतका सार्वजनिक जग्गा कब्जा गरेन कुकार्य जोसुकैले गर्व्को भए पनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश,जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो । प्रधानमन्त्री निवासकै छेउकै जह्गा कब्जा गर्नेलाइ कार्वाही गर्न सरकार सफल रहोस । भनेकाछन ।
बालुवाटार जग्गा काण्डमा नेकपा महासचिव विष्णु पौडेल पनि संलग्न भएको पाइएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटले महासचिव पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । तर, नेता रावलले महासचिव पौडेललाई संकेत गर्दै उक्त जग्गा प्रकरणमा मुछिएका जो सुकैलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भएपनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो ।प्र.मं. निवासकै छेउको जग्गा कब्जा गर्ने लगायतलाई कार्वाई गर्न सरकार सफल होस्
— Bhim Rawal, PhD (@BhimRawal179) April 19, 2019