युवा नेता तथा कार्यकर्तालाई सरकार ढाल्ने गरी आन्दोलनमा लाग्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज निर्देशन दिएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा सभापति देउवाले बोल्दै केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटै राम्रो काम गर्न नसकेको दावी गर्दै उनले काम गर्न नसक्ने हुनाले सरकार ढालेरै छाड्ने बताएका छन।
ओली सरकारले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गरेको आरोप
देउवाले लगाए। ‘ राम्रो काम गर्न सकेन यो सरकारले, सबैमाथि अन्याय मात्रै गर्यो ’, उनले भने, ‘तपाईंहरु सरकार ढाल्ने गरी आन्दोलनमा लाग्नुहोस्।’
उनले निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए।
सभापति देउवाले नेविसंघले नेपालको राजनीतिक परिवर्तनको ठूल्ठूला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरन गर्दै नेविसंघको पुनर्गठन छिट्टै गरिने समेत बताअे।
विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने सभापति देउवाले आश्वासन दिए। उनले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने पनि स्पष्ट पारे।
नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिवद्धता जनाए।