logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्ड र ओली कम्युनिष्ट होइनन् , कमाउनिष्ट हुन : उपेन्द्र यादव


  • राजनीति
  • सोमबार, असोज ३० २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादी पार्टीहरु कम्युनिष्ट नभएर ‘कमाउनिष्ट’ भएकाले उनीहरुसँग आफूलाई कुनै डर नलागेको बताएका छन् ।

नेपालमा कांग्रेस, कम्युनिष्ट र राप्रपा सबै एकै भएको भन्दै यादवले कम्युनिष्टले नेपाल खान आँट्यो भनेर चिन्ता नगर्न कांग्रेस र राप्रपाका नेतालाई सुझाव दिएका छन् ।

सोमबार बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता यादवले शेरबहादुर देउवाले गरेको सरकार विस्तारलाई राजनीतिक अपराध एवं भ्रष्टाचारको संद्दा दिए ।

सरकार विस्तारबारे सोधिएको प्रश्नमा यादवले देउवाको खरो आलोचना गर्दै भने- ‘यति ठूलो मन्त्रिमण्डल बनाउनु भनेको अपराध हो, राजनीतिक अपराध हो । राजनीतिक भ्रष्टाचार हो । योचाहिँ मुलुकलाई दिवालिया बनाउने कार्य हो ।’

यादवले अगाडि भने- ‘संविधानमा लेख्ने २५ वटाभन्दा बढी मन्त्री नबनाउने, अनि बनाउँदाखेरि त्यत्रो जम्बो बनाउने ? यो गलत काम हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार