logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव कार्यकर्ताको घरमा राती प्रहरी टोली ‘ जयप्रकाश निकाल नत्र गोली हान्छु ‘ परिवारको गुनासो


  • राजनीति
  • शनिबार, बैशाख ७ २०७६

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता जयप्रकाश रोका ‘प्रताप’ र अमित घर्तिको परिवारलाई वैशाख ४ गते राति घरमा गएर प्रहरीले धम्की दिएको पीडित परिवारले बताएका छन् ।

थबाङमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्कासहितको टोलीले राति घरमा गएर ‘जयप्रकाशलाई निकाल, होइन भने गोली हान्छु’ भन्दै धम्क्याएको जयप्रकाशकी पत्नी शरम रोकाले बताइन् ।

‘राति सुतेको बेला आएर ढोका ढक्ढक्याउँदै तेरो पतिले किन बम हान्ने आदेश दिन्छ । तँलाई खोरमा हाल्छु ।’–उनले आरोप लगाइन् ।
उक्त घरमा डेरामा बस्दै आएका पुल निर्माणका लागि खटिएका प्राविधिकहरू सूर्य नेपाली र धिरज चन्दलाईसमेत को होस् भन्दै हातपात गरेको उनीहरूले गुनासो गरे ।

घटनाका बारेमा पीडित परिवारले लिखित उजुरी नदिए पनि फोनमार्फत राष्ट्रिय मानव अधिकार आयोगमा जानकारी गराएको इन्सेक प्रतिनिधिलाई शरमले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार