logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्ड परिवारको सुनकोशीमा र्‍याफ्टिङ


  • राजनीति
  • शनिबार, बैशाख ७ २०७६

सत्तारुढ दल (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशीमा र्‍याफ्टिङ गरेर काठमाडौं फर्किएका छन्। उनि ५ गते सुकुटे पुगेका थिए ।

पत्नी सितासहित प्रचण्ड सुकुटे पुगेका थिए। एक रात त्यही विताएका उनी फर्किने बेला सुनकोशीमा र्‍याफ्टिङ गर्न पुगेका हुन्। उनी शुक्रबार काठमाडौं फर्किएको सचिवालयले जनाएको छ।

उनी आराम गर्न सुकुटे पुगेका थिए। परिवारका सदस्य पनि प्रचण्डसँगै सुकुटे गएका थिए। नेकपामा एकीकरणको विषयमा विवाद रहेकै बेला उनले आराम गर्न काठमाडौं छोडेका थिए । यसअघि उनी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चन्द्रागिरी गएका थिए।

उनीहरूले एक रात चन्द्रागिरीमै बिताएका थिए। उनीहरूसँगै नेकपा महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा पनि रहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार