logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विष्णु पौडेलको गृहजिल्ला पुगेर गगनले भने : विचरा नराम्रोसँग ठगिनुभएछ !


  • राजनीति
  • शनिबार, बैशाख ७ २०७६

रुपन्देही – जग्गा विवादमा परेका नेकपाका महासचिव बिष्णु पौडेल माथि उनकै गृहजिल्ला पुगेर नेपाली कांग्रेसका युवा नेता गगन थापाले कडा व्यंग्य प्रहार गरेका छन्।

शनिबार पौडेलको गृहजिल्ला रुपन्देही पुगेका नेता थापाले पौडेलले बर्दघाटको जग्गा बेचेर काठमाडौँमा जग्गा किन्दा नराम्रोसँग ठगिएको भन्दै सहानुभूति व्यक्त गर्न आफू पौडेलको गृहजिल्ला आएको जानकारी दिएका छन्।
नेपाली कांग्रेस रुपन्देहि क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनीमाथि उनले कडा व्यंग्य गरेका हुन्।

‘बर्दघाटको जग्गा बेचेर बालुवाटारमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ,’ नेता थापाले भने, ‘उहाँको दुःखमा मेरो सहानुभूति छ। विचरा नराम्रोसँग ठगिनुभएछ।’

उनले ठगिएका पौडेललाई काठमाडौँवासीले क्षतिपूर्ति दिन नसक्ने भन्दै उनलाई मतदान गरेर पठाउने मतदाताले नै क्षतिपूर्ति दिनुपर्ने बताए।उनले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा तत्काल फिर्ता ल्याउनुपर्ने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार