logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विप्लवलाई राम्रैसँग चिन्छु,उहाँहरु गलत बाटो हिड्दै हुनुहुन्छ – पुष्पकमल दाहाल


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

चितवन – बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै दाहालले नेक्रविक्रम चन्द्र विप्लवलाई वार्ता, संवादमा आउन आग्रह पनि गरे।

देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको र कम्युनिष्टकै सरकार रहेकोले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको दाहालले बताए।

‘यो ०५२ साल होइन। हामी ०७६ सालमा पुगेका छौं। संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ दाहालले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु। उहाँहरु गलत बाटो हिड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु।’

संविधानमै समाजवाद उन्मुख राज्य हुने लेखिसकिएकोले परिवर्तनका लागि बमको आतंक आवश्यक नहुने पनि उनले बताए। सरकारले संविधान कार्यान्वयनका लागि कानून निर्माणका काम गरेको पनि उनले बताए। साथै सोमबारसम्म पार्टी एकताका सम्पूर्ण कामहरु टुंग्याउने उनले दोहोर्‍याएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार