logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पौडेलले माफियाको दलाल भएर सरकारी सम्पत्ति हडपेर निजीकरण गरेका छन-केसी


  • राजनिती न्युज डेस्क
  • आइतबार, बैशाख ८ २०७६

रुपन्देही – सत्तासीन दलका नेताहरु सरकारी सम्पत्ति हडपेर निजीकरण गर्न लागिपरेको आरोप  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लगाएका छन्।

नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै केसीले माफियाको चंगुलमा सरकार फसिसकेको बताए।उनले नेकपाका नेता विष्णु पौडेलले बालवुवाटारको जग्गा किनेर गल्ति गरेको छैन भन्नु हास्यास्पद भएको तर्क गरे।

‘सरकार माफियाहरुको चङगुलमा फसेको छन्। सत्तारुढ दलका नेकपाका महासचिव विष्णु पौडेलले माफियाको दलाल भएर सरकारी सम्पत्ति हडपेर र निजीकरण गरेका छन्।’ उनले भने, ‘तर सरकार नै माफियाहरुलाई कारबाही गर्नुको साटो बचाउ गर्दै हिडेको छ।’

केसीले पार्टीमा नेतागतभन्दा नीतिगत एकता हुनुपर्ने बताए। उनले कांग्रेसको महाधिवेशन चाँडो हुनपर्ने माग पनि गरे।उनले भने, ‘पार्टीको आन्तरिक जीवनमा नीतिगत एकताले ठूलो अर्थ राख्छ। साथै समयमै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रक्रियाले पनि पार्टी उर्जाशील बन्छ । अब कांग्रेस महाधिवेशन केन्द्रित हुनुको विकल्प छैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार