logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राजनीति छोडेर रोटीको ब्यपारमा रन्जु !


  • राजनीति
  • मंगलबार, असोज ३१ २०७४

स्थानीय निकायको चुनावमा काठमाडाै‌ महानगरपालीकामा विवेकशिल पार्टीबाट मेयर पदमा उमेदवार बनेकी युवा नेतृ रञ्जु दर्शना तिहारमा सेलरोटी व्यावसायमा लागेकी छिन् । आफ्नी आमासंग मिलेर उनले यो व्यावसाय गरीरहेकी छिन्
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उमेर नपुगेका कार०ा कुनैपनि क्षेत्रबाट उम्मेदवारमा नछानिएपछि उनको उनले नयाँ व्यावसाय सुरु गरेकी हुन् । साझा र बिवेकशिल मिलेपछि पार्टीले उनलाई पत्याएन । त्यसकारण उनले राजनितीको बिकल्प खोजेकी छन् ।
एकपटक नेता भैसकेपछि त्यसैको आडमा जीवन गुजारा गर्ने माध्यम बनाउने नेता गणहरुलाई उनको यो बलियो उदाहरण हो । सेलरोटीकाे व्यापार मौलाइरहेको कुरा उनले आफ्नो फेसबुक स्टाटसमा राखेकी छन् ।
मानिसहरुले सेलरोटी अर्डर गरीरहेको पनि हेर्न सकिन्छ । हाल उनले बनाएका सेलरोटी बौद्ध नयाबस्ती स्थीत ग्रिन मार्टमा उपलब्ध छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार