सरकार र वर्तमान ब्यवस्था विरुद्ध भन्दै बिद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भित्र वार्ता चाहने र नचाहने बहस बारे समाचार आउन थालेकाछन । यधपी नेकपाले सत्ताले नया रणनीति बाट आक्रमण सुरु गरेको भन्ने तर्क गरेको छ । पछिल्लो समयमा नेकपा भित्र वार्ता गर्ने र नगर्ने टोली बनेको हो की भनेको हो ? जिज्ञासा सर्वत्र देखिन्छ । सरकारले मिडिया मार्फत प्रचार युद्ध सुरु गरेको भन्ने नेकपा र उसको खास धारणा के हो, के मिडियामा आए जस्तै नेकपा भित्र वार्ताको लागी विप्लवलाइ दवाव बढ्दै गएको सत्य हो त ?
यसका लाइ बुझ्न पछिल्ला केहि गतिविधि हेर्दा प्रष्ट हुन सकिन्छ ।
१ जनयुद्ध दिवसमा विप्लवको अंतरवार्ता
गत फागुन १ गते कठिन परिस्थितिका बाबजुद पनि पार्टी मुख पत्र रातो खबरलाइ विप्लवले अंतरवार्ता दिएका थिए । उक्त अन्तरवार्तामा विप्लव वर्तमान सत्ता प्रती निकै रुष्ट देखिन्छन । जनयुद्धको गहकिलो स्मरण गर्दै विप्लवले सत्ता सेना र अदालत गुमेको प्रती तिब्र आक्रोश व्यक्त गरेका थिए । त्यही वार्ताको कुरामा उनले यो सरकार सग वार्ता नहुने संकेत गरेकाछन । सरकारले नेकपालाइ प्रतिबन्ध नै लगाए पछि झन परिस्थिति बिग्रेको छ । आजकल विप्लवको बिज्ञप्तीमा प्रतिबन्ध खारेज र दमनको कडा निन्दा बाहेक वार्ताका लागी सकारात्मक सन्देश दिने खालका छैनन् ।
२ सुदर्शनको बिबिसी बोली
गत फागुन १३ गते बिबिसी सग कुरा गर्दै सुदर्शनले वार्तामा बारेमा यस्तो भनेका थिए ‘अबको वार्ता १७ हजार जनताको बलिदान,८० प्रतिशत भुभाग र ४० हजार जनमुक्ति सेनाको बारेमा के हुन्छ भन्नेमा मात्र वार्ता हुन्छ।’
३ बिरहीको बिज्ञप्ती
बैशाख ८ गते राष्ट्रिय मिडियामा आएको विप्लवलाइ वार्ताको लागी दवाव भन्ने समाचारको खण्डन नेकपाकै पिविएम अनिल शर्माले गरिसकेकाछन । उनले भनेका छन यो प्रचारयुद्ध मात्र हो ।
यि पछिल्लो समयमा आएका नेकपा महासचिव विप्लवका लेख रचना,अंतरवार्ता र बिज्ञप्ती, नेता सुदर्शनले बिबिसीमा दिएको अभिव्यक्ति र हिजै मात्र आएको अनिल शर्माको खण्डन हेर्दा वार्ताको बारेमा नेकपा तत्काल तयार देखिदैन । यि सबैको योगमा हेर्दा यहि स्थितिमा तत्काल वार्ताको अनुमान लगाउने खास छिद्र देखिदैन ।
कतिपयलाइ परिरहेको छाप भनेको नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार हुदाको एक दृश्यको हुन सक्छ । त्यो बेला नेकपा वार्ताको बिरोधि नभएको सैद्धान्तिक तर्क विप्लवले बिज्ञप्ती मार्फत नै गरे थिए । सायद प्रेसर बढाए पछि वार्ता हुन्छ भन्ने बुझाइ सरकारमा परेको हुनुपर्छ । वल प्रयोगले छलफल नजिक हुन्छ भन्ने बुझाइ अलिक पुरानो चेत हो । यदि सोहि कुरा नै सरकार फुल कन्भिन्स हो भने निकास भन्दा निर्ममतालाइ मलजल गर्छ । ताकी विप्लव नेतृत्वको नेकपाले उठाएका राजनितिक एजेन्डाहरुको बारेमा मुर्त धारणा बनाएर हल खोजिनु प्राथमिक हुनुपर्छ ।
सैद्धान्तिक रुपमा वार्ताको बिरोधि नभएको तर्क नेकपाले गर्दै आएको छ । तर बिषय के भने त्यती बिरोधि होइनौं भन्ने तर्कलाइ मात्रै हेरेर वार्ताको लागी लालायित भए जस्तो बुझ्ने र बुझाउने कोसिस नितान्त केटाकेटीपन हुन्छ ।
हुन सक्छ नेकपा विभिन्न तल्ला तहका कार्यकर्तालाई सरकारी मानिसले भेट्ने शुभचिन्तक जस्तो शैली बाट प्रस्तुत हुदा मानिस भाबुक बन्न सक्छन र तथ्यहिन कुरा सुनाउन सक्छन । कतिपय जवसका नेताहरुको पुरानो सम्बन्ध र ब्यक्तीगत फाइदाका लागी सत्तारुढ दलका नेताको निम्तोमा नियमित सम्पर्कमा पनि हुन सक्छन । तर यहि कुरा विप्लव नेतृत्वको नेकपालाइ बुझ्ने प्रसस्त आधार हुन सक्दैन ।
तसर्थ विप्लवले उठाएका राजनीति प्रश्नको जवाफको फेहरिस्त बिना अर्को तरिका लिने हो भने ‘कोशा फोरेर बिरुवा’ हुर्काए जस्तो हुने देखिन्छ । विप्लवले भनेका दुइ कुरा क्रान्तिमा धोका भएको हो हारेको होइन, सकिन्छ र संभव छ भन्ने कुरामा समर्पित कार्यकर्ताको राजनीतिक अर्थ पहिल्याउन तिर संबंधित पक्षको ध्यान जानु पर्दछ । अन्यथा काङ्ग्रेसले गुलेली चलाउनेहरु भनेर गैर राजनीतिक डिल गर्दा वजनदार भएको माओवादीको विकास भन्दा तिब्रतर गतिमा एकीकृत जनक्रान्ति जवान हुदै जाने निश्चित प्राय देखिन्छ।