logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन् प्रचण्डको भागमा परेका गण्डकी प्रदेश जिल्ला अध्यक्षहरु (सूचीसहित)


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

पोखरा- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो।

७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ।

जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ।

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ ।

यी हुन् माओवादीले पाएका गण्डकी प्रदेश जिल्ला अध्यक्षहरु ?

गण्डकी प्रदेश

गोरखा : जगन्नाथ खनाल

लमजुङ : मधुमाया अधिकारी

म्याग्दी : गोविन्द पौडेल

स्याङजा : पारस गैरे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार