logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाको जिल्ला नेतृत्वको लिस्ट बाहिरिएपछि माधव नेपालले कार्यक्रम बीचमा गरे बहिष्कार !


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

पोखरा– वरिष्ठ नेता माधव कुमार नेपाल नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

नेकपाको ७० औं स्थापना दिवसको अवसरमा राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजितआयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सोलगत्तै उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए । अहिले मन्चमा केपी ओली र प्रचण्डसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलमात्रै रहेका छन् ।

सत्तारुढ दल (नेकपा) अर्थात तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रकृया अन्तर्गत आज जिल्लाका नेतृत्व सहित एकता घोषणा गरेका छन ।

नेकपाले राजधानी काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उक्त पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहेको थियो । उनिहरुले ७७ वटै जिल्लाको नेतृत्वको घोषणा गरेकाछ्न ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार