राजनीति
माओवादी केन्द्रले एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीहरुलाई विना विभागिय मन्त्री बनाएका हुन् । गृहमन्त्री शर्मासँग उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई पनि परराष्ट्र मन्त्रालयबाट हटाईएको छ ।
त्यस्तै प्रभु शाह, टेक बहादुर बस्नेत, शिब कुमार मण्डल, महेन्द्र बहादुर शाही, आशा कोईराला, शान्तकुमार थारुलाई पनि विना विभागिय मन्त्री बनाईएको छ ।
केही दिन अघि मात्रै नियुक्त भएका राप्रपाका कमल थापालाई उप प्रधानसहित उर्जा मन्त्रालय दिईएको छ । गृह र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री देउवा आफैले सम्हालेका छन् । दिपक बोहरालाई स्वास्थ्य मन्त्रालय दिईएको छ ।