logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्व बिद्यार्थी नेता हिमाल शर्मा द्धारा काठमाडौ सचिवको जिम्मेवारीमा नरहने संकेत


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

बिगत लामो समयको विवादपछि टुंगो लगाइएको भनी आज घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको नेतृत्वमा थप विवाद हुने संकेत देखिएको छ ।

पुर्व बिद्यार्थी नेता तथा साविक माओवादीबाट काठमाडौ जिल्ला अध्यक्ष रहेका हिमाल शर्मा सचिवमा घटुवा हुने भएपछि सामाजिक सञ्जाल फेसबुकबाटै आफ्नो सचिवको पद अर्कैलाई दिन पाउनुपर्ने माग राखेका छन् । शर्मा हाल नेकपाका केन्द्रीय समिति सदस्य समेत हुन् ।

शर्माले नाम घोषणा हुनु भन्दा केहि घन्टा अगाडी सामाजिक संजाल फेसबुकमा स्टाटस अपलोड गर्दै आफु उक्त जिम्मेवारीमा नरहने संकेत गरेकाछन । यद्यपि उनले आफ्नो उक्त कुरालाइ असन्तुष्टिको रुपमा नबुझ्न समेत आग्रह गरेकाछन । जनयुद्धमा निकै कठिनम यातना भोगेका शर्मा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष समेत हुन ।


तत्कालीन माओवादी केन्द्र नेतृत्व पाउने जिल्लामा साविककै अध्यक्ष रहने र तत्कालीन एमालेका जिल्ला अध्यक्ष पाउने मा साबिक अध्यक्ष सचिवको जिम्मेवारीमा रहनुपर्ने भएपछि केही जिल्लामा मर्यादाक्रम विवाद निम्तिने खतरा बढेको हो ।

https://m.facebook.com/story.php?story_fbid=2674269649256104&id=100000192868475

यसै बिचम प्रज्ञा भवनमा भएको घोषणा कार्यक्रमको बिछ बाट बरिस्ठ नेता माधव कुमार नेपाल ले बहिस्कार गरेकाछन । कुन बिषयमा असहमति भएर उनि निस्केको भन्ने सार्वजनिक नभएको भएता पनि उनले छोडेर हिड्नुलाइ विशेष अर्थका साथ हेरीएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार