राजनीति
लामो समयको बिवाद छलफल र कोशीस पछि जिल्ला तह सम्म एकता घोषणा गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा अझै केहि हिसाबकिताव बाकी रहेको प्रष्ट देखिन्छ । मुख्यबशीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको भनीको थियो । तर हिजो प्रज्ञा भवनमा कार्यक्रम हुदै गर्दै केहि दृश्यले केहि मिल्न बाकी रहेको संकेत गरेको छ। बाहिर आए जस्तै बुझ्ने हो भने पछिल्लो भागबन्डाले बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । बिगतमा एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएनैसकेको छ ।
दुइ पार्टी एकतामा पूर्वएमालेको हिस्सामा परेको ४४ अध्यक्ष मध्य ओली समूहका २५ र नेपाल समूहका १५ जना छन् । यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन् । दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ । चार अध्यक्ष र तीन सचिव भने गुटगत हिसावले न्युट्र्ल रहेका छन ।
एकतामा पाएको पूर्वमाओवादी तिरको भागमा ३३ अध्यक्ष र ४४ सचिवमा अध्यक्ष प्रचण्ड पक्षधर क्रमशः २७ र ३५, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’निकट ५ र ९ जना छन् । यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठनिकट अध्यक्ष एकजना परे पनि सचिवमा कोही समेटिएका छैनन् ।
पार्टीको जिल्ला स्तरको नेतृत्व टुंग्याए पनि पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनसंगठनको एकता भने अझै अपुरै रहेको छ ।
– ओली पक्ष : २५ अध्यक्ष, ८ सचिव
-नेपाल पक्ष : १५ अध्यक्ष, २२ सचिव
–प्रचण्ड पक्ष : २७ अध्यक्ष, ४४ सचिव
–बादल पक्ष : ५ अध्यक्ष , ९ सचिव
–नारायण काजी पक्ष : १ अध्यक्ष
-तटस्थ ४ अध्यक्ष, ३ सचिव