logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखा जनसरकार प्रमुख रिजाल र बिधार्थी केन्द्रिय सदस्य अटल पक्राउ


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

गोरखा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गोरखा जिल्ला जन सरकार प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

रिजाललाई गण्डकी गाउँपालिका–८ घ्याल्चोकबाट सोमबार नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।जिल्लामा केही समयअघि एनसेल टावरमा भएको आगजनीको घटनामा ६५ वर्षीय रिजाल संलग्न भएको आशंका गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको रावलले जानकारी दिए ।

यस्तै विप्लव नेतृत्वको नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे ‘अटल’लाई पनि प्रहरीले पक्राउ गरेको छ । घादिङ कार्यक्षेत्र बताउने उनलाई गोरखाको भीमसेन थापा गाउँपालिका अश्राङस्थित घरबाट पक्राउ गरिएको एसपी रावलले बताए । पाण्डेविरुद्ध धादिङमा मुद्दा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार