logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

“औंशी पूर्णिमा लाग्नेहरु यसरी बर्बराउँछन्” भन्दै प्रधानमन्त्री ओली प्रति गगन थापाको कटाक्ष


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

पोखरा- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचप्रति नै अचम्म लागिरेहेको र ‘औंशी पूर्णिमा लाग्नेहरु यसरी नै बर्बराउँछन्’ भन्दै बताएका छन् ।

ओलीले सोमबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा काँग्रेसमाथि लोकतन्त्र मास्न खोजेको आरोप लगाएपछिको प्रतिक्रियामा गगन थापाले ‘औंशी पूर्णिमा लाग्नेहरु यसरी नै बर्बराउँछन्’ भनेका छन्

उनले भने, प्रधानमन्त्री ओली अहिलेको परिस्थितिसंग भाग्न खोज्दै हुनुहुन्छ । एउटा राजनीतिक दललाई प्रतिबन्ध लगाउनु हुन्छ । राष्ट्र विखण्डन गर्न खोज्ने शक्तिसंग सम्झौता गर्नुहुन्छ । राजसंस्थाको एजेन्डा बोक्नेहरुसंग वार्ता गर्नुहुन्छ अनि प्रमुख प्रतिपक्षीलाई बोल्ने हैसियत पनि दिन खोज्नुहुन्न ।’

उनले भने, ‘२००७ सालको आन्दोलनमा राणासंग मिल्ने, २०३६ सालमा निर्दललाई भोट हाल्ने र २०४६ सालमा दुई पक्ष भएर सघाउने र आक्रमण गर्ने गर्यो त्यो शक्तिलाई के भन्ने ?’

ओलीले काँग्रेस पूर्वराजासंग मिलिरहेको भन्ने आरोप लगाएपछि गगन थापाको यस्तो आक्रोशपूर्ण प्रतिक्रिया आएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार