logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रजिअले अधिकारकर्मीलाई दिए धोका”आयोगले जिम्मा लगाएका फडेरा पुनःसमातिए”


  • कुमार श्रेष्ठ
  • मंगलबार, बैशाख १० २०७६

नेपालगञ्ज- विप्लव नेकपाका नेता दानबहादुर फडेरालाई प्रहरीले पुनःजिल्ला प्रशासन कार्यालयबाट पक्राउ गरेको छ।जिल्ला अदालत बाँकेबाट साधारण तारेखमा रिहा भएका फडेरा प्रहरीले पुनः पक्राउ गर्ने निश्चित भएपछि राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको संरक्षणमा पुगेका थिए।

दुई दिनसम्म आयोगको कार्यालयमा बसेका फडेरालाई आयोगले ‘सकुशल घरपरिवारको जिम्मा लगाउने’ गरी प्रमुख जिल्ला अधिकारी मदन भुजेलको जिम्मा लगाएको थियो।

अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालय पुगेर फडेरालाई प्रजिअ भुजेलको जिम्मा लगाएका थिए। त्यसलगत्तै प्रहरीले फडेरालाई जिल्ला प्रशासन कार्यालय परिसरबाटै पुनः पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले फडेरालाई पक्राउ गरेर लगेको छ। जिल्ला प्रशासन कार्यालय परिसरबाट आयोग तथा अन्य अधिकारकर्मीहरुको उपस्थितिमै प्रहरीले फडेरालाई पुनः पक्राउ गरेको हो।

नेपालगञ्जका अधिकारकर्मीहरुले घटनाको भत्र्सना गरेका छन्। इन्सेकका भोला महतले प्रजिअ भुजेलले सकुशल परिवारको जिम्मा लगाउँछु भनेपनि प्रहरीले पुनः पक्राउ गर्दा केही नबोलेको बताए।‘यो निन्दनीय कार्य हो। साँझसम्म हामीले लिखित रुपमै यसको विरोध गर्छौ, महतले भने।

फडेराले दुई दिनसम्म आयोगको कार्यालयको शरणमा रहदा प्रहरीले घेराबन्दी गरिरहेको थियो।आयोगको कार्यालय वरिपरि घुमुवा प्रहरी खटाइएको थियो। आयोगको बेवास्ता गर्दै प्रहरीले फडेरालाई पुनः पक्राउ गरेपछि अधिकारकर्मीहरु आक्रोशित भएका छन्।

कुमार श्रेष्ठले देश सञ्चारमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार