logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रचण्ड तनावमा रुपन्देही जिल्ला सचिव न्यौपानेले दिए पदबाट राजीनामा


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

बुटवल– नेकपा रुपन्देही जिल्ला सचिव दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै सचिवका रुपमा मनोनीत न्यौपानेले मंगलबार राजीनामा दिएका हुन् ।

न्यौपाने नेकपाका नेकपा केन्द्रीय सदस्य हुन् । उनी प्रदेश ५ का प्रदेश सभा सदस्य पनि हुन् । सोमबार घोषणा भएको जिल्ला नेतृत्वमा बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्ष छन् । सुवेदीभन्दा न्यौपानेको राजनीतिक उचाइ माथि छ । न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।

पार्टी केन्द्रले गरेको कार्यविभाजनप्रति असन्तुष्टि जनाएका न्यौपानेले मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत राजीनामा पठाए भने प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा दिए । आफू प्रदेशसभाअन्तर्गत उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिवको जिम्मेवारीमा नरहने न्यौपानेले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार