logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बुटवलबाट छोरा सहित विप्लव नेकपाकी महिला नेत्री रुपन्देहीबाट पक्राउ


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

रुपन्देही- नेत्र बिक्रम चन्द विप्लव नेकपाकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् । नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।

छोरासहित सुवेदीलाई पक्राउ गरिएको दाबी स्थानीयले गरे पनि रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई मात्रै नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ । एसपी थापाले उनीमाथि थप अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार