राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । उनलाई गएराती करिव १२ बजेको समयमा देवदहबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।
थापाका अनुसार उनलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो ।
विप्लव नेतृत्वको नेकपालाइ प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।