logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा भागबण्डामा रुष्ट बनेका “नेपाल” किन एका एक चीन उडे, कारण ?


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

पोखरा- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेतातथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार चीन प्रस्थान गरेका छन ।

बेइजिङमा आयोजित नेपाल ‘चाइना वेल्ट एण्ड रोड इनिसिएटिभ’ दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन ३ दिनको लागि चीन प्रस्थान गरेका हुन ।

सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता हुनेछ । सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले ‘पिपुल टु पिपुल कनेक्टिभिटी’ बिषयमा धारणा राख्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री नेपाल चीनबाट बैशाख १५ गते स्वदेश फर्कनुहुनेछ ।

यी हुन ८२ मध्य फिक्स भएका ३९ नेकपाको पोलिट्ब्यूरो सदस्य (एमालेतर्फको सूची)हेर्नुस

 

पोखरा- पार्टी एकता घोषणा भएको ११ महिनापछि सत्तारुढ नेकपामा अब पोलिट्ब्यूरो गठनका लागि कसरत सुरु भएको छ।१ सय ४७ सदस्यीय पोलिट्ब्यूरोमा पूर्व एमाले र पूर्व माओवादीबाट क्रमशः ५५ र ४५ प्रतिशतको अनुपात अर्थात् क्रमशः ८२ र ६५ जना सदस्य रहने सहमती भैसकेकाले दुबैतर्फका दाबेदारहरू अहिले दौडधुपमा लागेका छन्।

यसअघि पोलिट्ब्यूरोमा रहिसकेर एमालेको नवौँ महाधिवेशनमा पराजित भएका तर पछि केन्द्रीय कमिटीमा थपिएका खगराज अधिकारी, नरेश खरेल र धर्मनाथ साह यसपाली एमालेको तर्फबाट नेकपाको पोलिट्ब्यूरोमा थपिने संभावित नाम हुन्। यसअघि पहिले एमालेको पोलिट्ब्यूरोमा रहे पनि पार्टी छाडेर पुनः फर्किएका विजय सुब्बाको विषयमा नेताहरुबीच सहमती बन्न सकेको छैन।

त्यसैगरी, तीनपटक वा त्यसभन्दा बढी केन्द्रीय सदस्य भइसकेका नेताहरू गुरु बराल, देवराज घिमिरे, केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, प्रमेश हमाल, भानुभक्त जोशी, रामचन्द्र यादव र जयन्ती राई यसपटक पोलिट्ब्यूरोमा पर्ने सूचीमा छन्।

नेकपा पोलिट्ब्यूरोमा पर्न केन्द्रीय सदस्यहरुले शीर्ष नेताहरुलाई दबाब दिने क्रम बढेको छ।

‘महिला, जनजाति, मधेसी, मुस्लिम र दलित समुदायबाट पोलिटब्यूरोमा ल्याउने प्रयास भइरहेको छ’, नेकपाका एक जना सचिवालय सदस्यले नेपालखबरसँग भने।

एमालेतर्फबाट पोलिटब्यूरोमा महिलाबाट सुजिता शाक्य, जनजातिबाट शेरबहादुर तामाङ, मधेसीबाट श्रीप्रसाद साह, मुस्लिमबाट नजिर मियाँ र दलितबाट चुडामणि जंगलीको सम्भावना रहेको स्रोतहरूले दाबी गरेका छन्।

यी हुन् एमालेका पोलिट्ब्यूरो सदस्यहरू जो नेकपाको पोलिटब्यूरोमा आउँदैछन्ः

१. केपी शर्मा ओली२. माधव नेपाल३. झलनाथ खनाल४. वामदेव गौतम५. अष्टलक्ष्मी शाक्य६. भीम रावल७. ईश्वर पोखरेल८. विष्णु पौडेल९. घनश्याम भुसाल१०. पृथ्वीसुब्बा गुरुङ ११. प्रदिप ज्ञवाली१२. भीम आचार्य१३. गोकर्ण विष्ट१४. योगेश भट्टराई१५. किरण गुरुङ १६. छविलाल विश्वकर्मा१७. बेदुराम भुसाल१८. मुकुन्द न्यौपाने१९. विष्णु रिमाल२०. युवराज ज्ञवाली२१. रघुजी पन्त२२. रघुवीर महासेठ२३. सत्यनारायण मण्डल२४. सुरेन्द्र पाण्डे२५. शंकर पोखरेल २६. सुवास नेम्वाङ२७. अरुण नेपाल२८. काशीनाथ अधिकारी२९. गंगालाल तुलाधर३०. थममाया थापा३१. नागेन्द्र चौधरी३२. प्रदिप नेपाल३३. प्रकाश ज्वाला३४. परशुराम मेघी गुरुङ३५. पशुपति चौलागाई३६. विन्दा पाण्डे३७. भानुभक्त ढकाल३८. महेन्द्र पाण्डे३९. यामलाल कँडेल४०. राजेन्द्रप्रसाद पाण्डे४१. राधा ज्ञवाली४२. रामप्रित पासवान४३. लालबाबु पण्डित४४. डा. विजय पौडेल४५. श्रीमाया थकाली४६. कर्ण थापा४७. गोकुल घर्तीमगर४८. गोरख वोेगटी४९. गौरा प्रसाई कोईराला५०. जगत विश्वकर्मा५१. जगन्नाथ खतिवडा५२. तुलवहादुर गुरुङ५३. दलवहादूर राना५४. डा. वंशीधर मिश्र५५. भागवत विश्वासी५६. युवराज कार्की५७. योगनारायण यादव५८. शत्रुध्न महतो५९. शेरधन राई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार