logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘विप्लव’ दलितमुक्ति मोर्चा पर्वतका संयोजक २५ हजार धरौटीमा रिहा


  • रासस
  • बिहिबार, बैशाख १२ २०७६

पर्वत- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन दलितमुक्ति मोर्चा पर्वतका संयोजक धरौटीमा रिहा भएका छन्।अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

पर्वतको कुश्मा नगरपालिका–८ घर भएका परियारलाई कुश्मा नगरपालिका–१२ ठूली पोखरीबाट गत चैत १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो।

ठूलीपोखरी लगायतका क्षेत्रमा संगठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरीचौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

पर्वत प्रहरीले परियारलाई विप्लव नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्य विरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्दा दर्ता गराएको थियो।

जिल्ला अदालत पर्वतका न्यायधीश सूर्यबहादुर थापाको इजालसले उनलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार