logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

केपी ओली ! कुखुरा चोर स्याल जस्तै हो,”कांग्रेसले ठेगान लगाउछ”- नेता पौडेल भिडियो


  • राजनीति
  • बिहिबार, बैशाख १२ २०७६

पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीलाई कुखुरा चोर्ने स्याल संज्ञा दिएका छन।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पौडेलले प्रधानमन्त्री ओलीले स्याल प्रवृत्ति देखाएको आरोप समेत लगाए ।“प्रधानमन्त्रीको स्याल वुद्धी हो । स्यालले गाउँमा गएर चिलले कुखुरा लान आँट्यो भन्थ्यो । त्यसबेला सबैले आकासतिर हेर्थे । त्यही बेला स्यालले खोरबाट कुखुरा चोरेर भाग्थ्यो । ओलीको पनि त्यही वुद्धी हो ।” पौडेलले भने ।

ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाउँदै कांग्रेसले ठेगान लगाउने बताएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरुसँग कांग्रेसले घाँटी जोडेको आरोप लागएका थिए ।

तर पौडेलले ओली आफैँले गलत काम गरेकाले अरुलाई आरोप लगाएर भ्रममा पार्न खोजेको जिकिर गरे ।लोकतान्त्रिक गणतन्त्र गुम्ने सम्भावना नरहेको पौडेलले स्पष्ट पारे । कांग्रेसभित्रको आन्तरिक समस्या पनि समाधान हुने पौडेलले बताए । पार्टीभित्रै पनि बेलाबेलामा विकृति भित्रिन खोजे पनि त्यसलाई परास्त गर्ने पौडेलको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार