logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका दुइ कार्यकर्ता गिरफ्तार


  • राजनीति
  • बिहिबार, बैशाख १२ २०७६

सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै जिल्लाका मुगुका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सोरुकोटले सो पार्टीकाजिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहादुर भाम (उदय) र खत्याड गाउँपालिका–११ का ४३ वर्षीय गोकर्ण शाही (आकर्षण) लाई इलाका प्रहरी कार्यालय रातापानीले पक्राउ गरेको हो ।

भामलाई वैशाख जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराई अनुसन्धानको प्रक्रियामा प्रहरी हिरासतमा राखिएको छ ।

वैशाख ११ गते खत्याड गाउँपालिका–११ को खत्याड खोलाबाट शाहीलाई फक्राउ गरेको थियो । शाहीको स्वास्थ्य परीक्षण गराई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार