राजनीति
नेपाली कलाकारिता क्षेत्रका स्थापित बरिष्ठ हास्य कलाकार तथा अभिनेता दिपकराज गिरीले पछिल्लो समय नेपाली जनता तथा युवाहरु माझ निकै लाेकप्रिय रहेका प्रतिबन्धित नेकपा का महासचिव तथा उनले नेतृत्व गरेकाे पार्टी मात्रै नेपाल काे एकमात्र कम्युनिस्ट पार्टी भएकाे बताएका छन् ।
पत्रकार धमालाकाे कार्यक्रम जनता जान्न चाहान्छन् मा बाेल्दै अभिनेता गिरीले उक्त कुरा बताएका हुन्।
केपि प्रचण्डले नेतृत्व गरेकाे नेकपा नाम मात्रै भएको भन्दै उनले काम र कर्म बिनाकाे कम्युनिस्ट पार्टी नाम राख्दैमा कम्युनिस्ट पार्टी भन्न नमिल्ने तर्क गरेका छन् ।
उनले नेपाल मा नेपाली कांग्रेस र सत्ताधारी नेकपामा फरक नभएकाे भन्दै ‘बाहुन काले काले बाहुन’भने जस्तै भएको बताएका छन्। सत्तधारी नेकपा पुजीवादी प्रजातान्त्रिक पार्टी भएकाे र उसले कम्युनिस्ट भन्न नसुहाउने भन्दै नेपाल मा कम्युनिस्ट पार्टी छ भने त्याे पार्टी प्रतिबन्धित भएको बताएका हुन्।
विप्लव नेतृत्वको नेकपामाथी काे प्रतिबन्ध काे चाैतर्फि आलाेचना भइरहदा यसअघि अभिनेत्री रेखा थापाले विप्लव राष्ट्रबादी र देशभक्त शक्ति भएकाे दावी गरेकि थिइन् । मुलुकमा रहेका स्वतन्त्र लेखक बुद्धिजीवी र कालाकार सबैले विप्लवमाथीकाे प्रतिबन्ध नाजायज भन्दै निर्णय फिर्ता लिन अपिल गरेका थिए।