राजनीति
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले खुल्ला मंच खुल्ला नरहेको विषयलाइ लिएर तिखो टिप्पणी गरेकाछन । भट्टराईले काठमाडौको प्राणबायुको रुपमा रहेको खुल्ला मंच भु माफियाको हातमा जानु एउटा जघन्य अपराध हुने बताएकाछन ।
जनतालाइ अधिकार प्रत्याभूत गराउने भुमिकामा रहेको खुल्ला मंचको ऎतिहासिक महत्त्व रहेको भन्दै सत्तासिन मतियारहरुले हाकहाकी लुटेकोमा आक्रोश व्यक्त गरेकाछन।
डा.बाबुराम भट्टराईको स्टाटस यस्तो छ ।
काठमाण्डौलाई प्राणवायु प्रदान गर्ने र जनतालाई लोकतान्त्रिक अधिकार प्रत्याभूत गर्ने ऐतिहासिक खुलामन्च भूमाफिया र तिनका सत्तासीन मतियारहरूले हाकाहाकी लुट्नु जघन्य अपराध र देशद्रोह हो!
अपराधीलाई पाता कसौं; खुलामन्चलाई खुला गरौं!