logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१ करोड ३६ लाख नेपाली अझै बेरोजगार, हेर्नुस कुन प्रदेशमा कति ?


  • राजनीति
  • शुक्रबार, बैशाख १३ २०७६

हाम्रो मुलुकमा अझै एक करोड ३६ लाख नेपाली बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ ।

तथ्यांक विभागले आज सार्वजनिक गरेको विवरण अनुसार कुल जनसंख्याको ३४.२ प्रतिशत नेपालीले मात्रै रोजगारीको अवसर पाएका छन् । केन्द्रिय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०७४÷७५ अनुसार कुल जनसंख्या मध्ये ६५.८ प्रतिशत नेपाली वेरोजगार छन् ।

नेपालमा १५ वर्ष उमेर समूह भन्दा माथीको जनसंख्या २ करोड सात लाख ४४ हजार रहेको छ । जसमा ७० लाख ८६ हजारले विभिन्न क्षेत्रमा रोजगारी पाएको र बाँकी बेरोजगार रहेको सर्वेक्षणले देखाएको छ । जसमा ४४ लाख ४६ हजार पुरुष रहेका छन् भने २६ लाख ४० हजार महिला रोजगारीमा छन् ।

यसरी हेर्दा काम गर्ने उमेर समूहका १ करोड ३६ लाख ५८ हजार नेपाली बेरोजगार रहेको तथ्यांकले देखाएको छ ।

रोजगारी पाउनेमा पनि सवैभन्दा बढी सहरी क्षेत्रमा रहेका छन् । जसमा सहरी क्षेत्रमा ४९ लाख १ हजारले रोजगारी पाएका छन् भने ग्रामिण क्षेत्रमा २१ लाख ८५ हजारले रोजगारी पाएका छन् । जसमा ६९ प्रतिशत सहरी क्षेत्रमा र ३१ प्रतिशत ग्रामिण क्षेत्रमा रोजगारीको अवसर पाएको सर्वेक्षणले देखाएको छ ।

सबैभन्दा कम सूदुरपश्चिम र बढि प्रदेश तीनमा

रोजगारीमा रहेको जनसंख्यालाई प्रदेशअनुसार हेर्दा सवैभन्दा बढी ३४.८ प्रतिशत प्रदेश ३ मा रहेको र सवैभन्दा कम २४.१ प्रतिशत सुदुरपश्चिम प्रदेशमा रोजगारीमा रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । बेरोजगारी दरलाई प्रदेश अनुसार हेर्दा सवैभन्दा बढी प्रदेश नम्बर २ मा २०.१ प्रतिशत र सवैभन्दा कम प्रदेश ३ मा ७ प्रतिशत मात्रै रहेको छ । रोजगारीमा रहेका नेपालीहरुले हप्तामा ४४ घन्टा काम गरेको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ ।

तलव र ज्याला प्राप्त गर्ने औषत मासिक आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ महिलाको रहेको छ । पुरुषको १९ हजार ४ सय ६४ रुपैयाँ रहेको सर्वेक्षणले देखाएको छ । यस्तैगरी महिलाको औषत आम्दानी १३ हजार ६ सय ३० रुपैयाँ रहेको छ ।

रोजगारीको अवसर भने कृषि, वन माछापालनमा २१.५ प्रतिशत, थोक तथा खुद्रा बिक्रीमा १७.५ प्रतिशत, मोटरगाडी तथा मोटरसाइकल मर्मतसम्भारमा १५.१ प्रतिशत, उद्योग र निर्माणमा १३.८ प्रतिशत र शिक्षामा ७.९ प्रतिशत आवद्ध रहेको समेत सर्वेक्षणमा पाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार