logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खुल्ला मञ्चमा डोजर चल्दा झडप दुइ जना गिरफ्तार


  • राजनीति
  • शनिबार, बैशाख १४ २०७६

जनताको अभिब्यक्ती स्वतन्त्रताको थलोको रुपमा स्थापित खुल्ला मंच हो । चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएको छ।

महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए । सो क्रममा उनीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए । आक्रोशित हुँदै व्यवसायीहरु आक्रमणमा उत्रिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।

भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए ।

व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो ।

सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी हुन् ।

उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए । सटर खरिदमा झन्डै ३ करोडको चलखेल भएको बताइन्छ ।

ठेकेदार कम्पनीले सार्वजनिक निजी साझेदारीको अवधारणाअन्र्तगत पुरानो बसपार्कमा टावर निर्माण गरी सञ्चालन गर्ने र ३० वर्षमा महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।

सोही सम्झौताअनुसार टावर निर्माणका लागि बसपार्कलाई अस्थायी रूपमा काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको खुल्लामञ्चको जग्गामा सारिएको थियो ।

यसै सम्झौताको आधारमा टावरको निर्माण अवधिमा कम्पनीले आफ्नै लगानीमा बसपार्क निर्माण, व्यवस्थापन, मर्मतसम्भार गर्ने र यसवापत महानगरपालिकालाई वार्षिक ५० लाख बुझाउने सहमतिअनुरूप महानगरपालिकाले १२ चैत् २०७३ मा सोसम्बन्धी निर्णय गरेको थियो । त्यसपछि ८ वैशाख २०७४ मा कम्पनीसँग १० बुँदे सम्झौता भएको थियो ।

। सम्झौतापत्रमा सम्बन्धित कम्पनीले बसपार्कका लागि आवश्यक पर्ने तीनवटा बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय, एक क्यान्टिन र औषधि पसल बनाउनुपर्ने उल्लेख गरिएको थियो । तर, त्यसविपरित व्यापार गर्ने उद्देश्यले ठेकेदारले सटरनै खडा गरेका थिए ।

ठेकेदार र महानगरपालिकासमेतको मिलेमतोमा खुलामञ्च हडप्ने प्रपन्च रचिएको खुलासा भएपछि सटर भत्काउन चौतर्फी दवाव आएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार