राजनीति
चर्चित चलचित्र निर्मात्री तथा अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरूलाई आह्वान गरेकी छन् उनले एनसेल ले नेपाली जनतालाइ लुटेकाे भन्दै यसका बिरुद्ध युवाहरुलाई सडक मा आउन अपिल पनि गरिन । उनले
लुट मच्चाउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसविरूद्ध युवाहरू अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारिन ।
आइतबार काठमाडौंमा संम्वाद डबलीमा आयाेजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एनसेलले करिब ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकी रहेको उल्लेख गर्दै त्यसको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन्
एनसेलले पूँजीगत लाभकर असुली नगरेसम्म त्यसविरूद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाइ छ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिवक्ता सुरेन्द्र भण्डारीले एनसेलको पूँजीगत लाभकर असुली नभएसम्म त्यसको सिम कार्ड बहिष्कार गर्न पनि सबैलाई आह्वान गरे।
उनले सरकारले एनसेलको पूँजीगत लाभकर असुली गर्ने नदेखिएपछि आफूहरूले असुलीका लागि सर्वसाधारणलाई दबाब दिन आह्वान गरेको पनि पनि स्पष्ट पारे।
एनसेलले हाल करिब ४० अर्ब पूँजीगत लाभकर असुली गर्न बाँकी छ । तर सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरूले गुनासो गरिरहेका छन्। उनीहरूले पूँजीगत लाभकर असुली नभएसम्म एनसेललाई कारोबार गर्नबाट बञ्चित गराउन पनि सरकारलाई दबाब दिँदै आएका छ ।