logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गम्भीरतापुर्वक छानबिन गरी गल्ती गर्नेलाइ सजाय होस,दोषी भए भोगौला : डा. बाबुराम भट्टराई


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

पछिल्लो समय निकै तातो बहसका रुपमा रहेको बालुवाटार जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नया शक्ति  नेपालका सयोजक डाक्टर बाबुराम भट्टराई तिर पनि सोझिएको छ । प्रधानमन्त्री तथा उच्च पदस्थ अधिकारीको सरकारी निवास वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम पनि मुछिएपछि उनले दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

डा बाबुराम नेतृत्वको सरकारले ललिता निवासको जग्गामा नक्कली मोही खडा गर्न सहयोग पुग्ने गरी निर्णय गरेको भन्ने खुलासा भएपछि बाबुराम भट्टराईले आइतबार ट्टीट गर्दै यस्तो बताएका हुन् ।

भट्टराईले भनेका छन्, ‘बालुवाटारको जग्गा सम्वन्धी विषयमा मेरो मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे गम्भीरतपूर्वक छानवीन होस्सः त्यतथ्य बाहिर आओस् र जसले गरेको भए पनि गलत गर्नेलाई कार्बाही होस् भन्ने आग्रह गर्दछु।साथै नखाएको विष लाग्दैन भन्नेमा ढुक्क छु ।’

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेकपाका महासचिब विष्णु पौडेल पनि मुछिएका छन् । उनले छोराको नाममा सो सरकारी जग्गा पास गराएको तथ्य फेला परेपछि उनी पनि भू माफियाको सहयोगी रहेको भन्ने आरोप लागेको छ । यद्यपी उनले त्यस्तो आरोप खण्डन गर्दै आएका छन् ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि यो प्रकरणमा मुछिएका छन् । नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले ११३ रोपनी जग्गा व्यक्ति नाममा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारलाई अख्तियारी दिने निर्णय गरेको खुलासा भएको थियो । र सो प्रकरणमा नेकपा महासचिब पौडेलले भूमाफियाको सहयोग गरेको आरोप लागेको छ ।

यसको नितिगत गहिराइमा पुग्दा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले २०४७ सालमा गरेको निर्णयले भूमाफियालाई सजिलो बनाइदिएको भन्ने विश्लेषण समेतले बजार तातो बनाएकै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार