राजनीति
तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षा दलका सदस्य तथा जनमुक्ति सेना बिष्णु परियार शक्ति गिरफ्तार भएका छन । उनलाइ बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट गिरफ्तार गतिएको प्रहरीले जनाएको छ । बिष्णु हाल नेत्रविक्रम चन्द का क्षेत्रीय इन्चार्ज भएको स्रोतको दावी छ ।
बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।



चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको आरोप जिल्ला प्रशासन कार्यालय बर्दियाले लगाएको छ । उनि पुर्व जनमुक्ति सेना हुन उनि तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षा दस्ताको सदस्य भएर लामो समय काम गरेका थिए ।