राजनीति
पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयाेजक डाक्टर बाबुराम भट्टराईले एनसेलकाे बचाउ गर्दै एनसेलले तिर्नुपर्ने कर ३८ अर्ब भएको बताएका छन्।
उनले ठुला तीन राजनीतिक दल प्रति लक्षित गर्दै ३८ अर्ब कर मध्य ३० अर्ब तिनदलका नेताहरुले तिर्नुपर्ने आसय ब्यक्त गरेका छन्। साेमबार ट्विट गर्दै नेता भट्टराईले एनसेलले तिर्छु भनेकाे १४ अर्वबाट पनि घटायर ८ अर्व तिर्न बाकि कर उसले तिर्ने भनेकाे दावी गर्दै ३० अर्ब लिने दललाई बहिष्कार गर्ने कि एनसेललाई जनताकाे हातमा छ भनेका छन्।
यता जानकार, बिज्ञ तथा नागरिक अभियान्ताहरु भने एनसेलले करिव ७२ अर्ब कर छलि गरेका प्रमाणहरु सहित पुष्टि गरिरहेका छन् । उनिहरुले एनसेलले नेपाली जनतालाई लुटेकाे भन्दै नागरिक एनसेल बहिस्कार अभियान सुरुवात गरेका छन् भने नागरिक ले एनसेल बहिष्कार स्वरुप सिम जलाउने लगायतका सांकेतिक कार्यक्रम जारी राखेका छन् ।
उनिहरुले याे अभियानमा साथ दिन युवाहरूलाई अपिल गरेका छन् भने राज्यले कर असुलि नगरे जनताले सडकबाटै प्रतिवाद गरि कर असुल्ने चेतावनी दिदै आएका छन् ।
यस्तो छ डा. भट्टराई काे ट्विट
चुनावमा एनसेलबाट नेपालका तीन ठुला दलले दस / दस अर्ब रुपैयाँ गरि ३० अर्ब लिइसकेका छन् ।एनसेलले तिर्नुपर्ने रकम ३८ अर्बमा कटायर बाकी आठ अर्ब तिर्छु भनेकै छ। अब यी तीन राजनीतिक दल बहिष्कार गर्ने कि एनसेल बहिस्कार गर्ने जनताकाे हातमा छ । तर ९५% यिनै पार्टीका झाेले छन् कार्वाही हुदैन।
