logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निलम्बन पछि क्याप्टेन बिजय लामाले दिए यस्तो प्रतिक्रिया


  • राजनीति
  • मंगलबार, बैशाख १७ २०७६

मुलुककै चर्चित र अनुभवी क्याप्टेन बिजय लामालाइ नेपाल वायुसेवा निगमका प्रवक्ता पदबाट हटाए पछि क्याप्टेन बिजय लामा पहिलो पटक सामाजिक संजाल मार्फत आफ्नो प्रतिक्रिया जनाएकाछन ।

बिजय लामाले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन आफ्नो बाउ बाट सिकेको भन्दै सदैव सत्यको पक्षमा लडिरहने प्रतिक्रिया समेत दिएका छन ।

तर नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरेको जानकारी दिएको थियो ।

मैले आत्मा बल, सत्य मार्ग, सहि सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु!

देशको माया, मात्री भुमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दिको कदर पनि यिनै महापुरुष बाट सिकेको हु!
त्यसैलै जति आधी भेरी आए नि, जति दुख पीडा आए नि कहिले डगमगाउनु सिकिन!!

तपाइहरु सबैको माया अनि साथको लागि हृदय देखि प्रणाम! सादुवाद!
धन्यबाद!!!

जय चन्द्र सुर्य!

वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेको निगमले जनाएको छ ।

उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्ति भन्दै सो बारे स्पष्टीकरण सोधिएको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।

उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्रवक्ताबाट नहटाएसम्म उडानमा रोक लगाउन भन्दै पत्र लेखिएको बताए । उनले निगमले लामालाई प्रवक्ताबाट पदमुक्त गरको पत्र प्राप्त भएकाले अब उडानमा रोक नलाग्ने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार