राजनीति
रोल्पा – प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै बम बिस्फोट भएको छ।मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा मंगलबार विहान ११ बजे बम बिस्फोट भएको हो।
अर्कोतर्फ रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले कुनै बम बिस्फोट नभएको बताए। तर, गैरीगाउँ स्थानीयले भने बिस्फोटको ठुलो आवाज आएको बताएका छन्।
पाल्लो पखेरास्थित गहुँबारीमा मुख्यमन्त्री हिँडेकै सडक नजिक सोमबार पनि बम विस्फोटन भएको थियो। रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बिच जंगल क्षेत्रमा विस्फोट भएको स्थानीयले बताएका थिए। बिस्फोटपछि धुवा र धुलो उडेको थियो।
सोमबार भएको बिस्फोटको जिम्मा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ।
मुख्य मन्त्री शंकर पोखरेल लक्षित बम प्रहार यस्तो छ अवस्था..
राेल्पाकाे सदरमुकाम स्थित एउटा कार्यक्रममा सहभागी भएकाा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल केहि दुरीमा बम विस्फोट भएको छ ।
रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलको कार्यकर्ता सहभागी थिए ।
रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थल नजिकै अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । वम बिस्फोट पछी कार्यक्रम स्थलमा केहि तनाव जस्तो देखिएको थियो ।