logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राजबन्दी नेता सुदर्शन काे स्वास्थ्य अवस्था गंभिर हुँदै


  • राजनीति
  • बुधबार, बैशाख १८ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शन काे स्वास्थ्य अवस्था गंभिर भएको छ।

राजद्रोहको मुद्दामा बन्दी बनाइएका नेताकाे  स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । राजद्रोह र बम विस्फोटको मुद्दामा चैत ९ गते काभ्रेबाट पक्राउ परी वैशाख १० गते अदालतको आदेशमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेल चलान गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काे  स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हाेे।

नेता सुदर्शन विगत १२ वर्षदेखि उच्च रक्तचाप र ७ वर्षदेखि मधुमेहका बिरामी छन् । पारिवारिक स्रोतका अनुसार सुदर्शन पछिल्लो समय कोलेस्ट्रोल, युरिक एसिड, प्रोस्टे«ट र खाना

नपच्ने समस्याबाट समेत पीडित छन् । दैनिक ५ प्रकारका औषधी सेवन गर्ने गरेका उनी पक्राउ परेसँगै हिरासत र जेलको बसाइका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यही सोमबार दाँतको उपचारका लागि उनलाई सरकारी अस्पताल वीर अस्पतालमा लगिएको थियो भने अहिले उनको रक्तचाप निकै उतारचढाव हुने गरेको र अनियन्त्रित बनेपछि उनको घरपरिवार चिन्तित बनेका छन् ।

यस्तै चैत २४ गते आइतबार सरर्वोच्च अदालतको आदेशमा रिहालगत्तै गेटबाटै गिरफ्तार गरिएका नेकपाका पोलिटब्युरो सदस्य जीवन्त मधुमेह र मृगौला रोगबाट पीडित छन् । उनले त्यससम्बन्धी दैनिक रूपमा कडा औषधी लिइरहेका छन् । सङ्गठित अपराध अभियोगमा अनुसन्धानका लागि भन्दै हाल सङ्खुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनलाई स्वास्थ्य परीक्षण गराउनसमेत नदिएको उनको परिवारका सदस्यले जनाएका छन् । भेटघाट गर्न पुगेकाहरूसँग नेता जीवन्तले आफ्नो स्वास्थ्यमा समस्यामा परेको भन्दै उपचारका लागि काठमाडौँ लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार