राजनीति
पोखरा- वैशाख २३ गते डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीच एकता घोषणा हुने भएको छ ।
वैशाख २० गते नयाँशक्ति पार्टीको सचिवालय बैठक बसेर एकताबारे निर्णय गर्ने नयाँ शक्ति निकट स्रोतले जनाएको छ ।
यसै गरी २१ गते नै संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकताको कार्यविधि पास गर्ने तयारी रहेको स्रोतको दाबी छ ।
२२ गते बाँकी काम पूरा गर्ने र २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गर्न लागिएको नयाँ शक्तिका एक नेताले बताए । स्रोतका अनुसार डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहने गरेर पार्टी एकता गर्ने तयारी रहेको छ । तर वरिष्ठताका आधारमा भट्टराई अगाडि रहनेछन् ।
फोरम र नयाँ शक्तिबीच चुनाव अगाडि नै एकता गर्ने प्रयास भएपनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । पछिल्लो समय राजपा र फोरमबीच पनि एकता हुने चर्चा चलेको थियो ।