logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नयाँ शक्ति र फोरम नेपाल बीच एकाएक किन रोकियो एकता यस्ता छन कारण


  • राजनिती न्युज डेस्क
  • बिहिबार, बैशाख १९ २०७६

पोखरा- नयाँ शक्ति पार्टी र फोरम नेपाल बीच हुने भनिएको एकता एकाएक रोकिएको छ।

आज नयाँ शक्ति पार्टी कार्यालयमा फोरम नेपाल, राािष्ट्रय जनता पार्टी (राजपा) नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र नयाँ शक्ति बीच भएको छलफलपछि तत्कालका लागि एकतारोकिएको हो ।वैशाख २३ गते नया शक्ति पार्टी र फोरम नेपाल् वीच एकता घोषणा गर्ने तयारी गरिएको थियो।

अब फोरम नेपालसँग मात्र एकता नभएर राजपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नयाँ शक्ति लगायतबीचमा बीचमा राजनैतिक मोर्चाबन्दी र राजनीतिक गबन्धन बनाएर एकीकरणका लागि छलफल अगाडि बढाउने सहमति भएको नयाँ शक्ति पार्टीका अध्यक्षडा।बाबुराम भटराईले बताए ।

बैठकमा वैकल्पिक शक्ति निर्माण गर्नका लागि राजपा, फोरम, राष्ट्रिय जनमुक्ति पार्टी लगायत आदिवासी जनजाति, थरुहटहरुसँग पनि छलफल अगाडि बढाउने सहमति भएको छ जसको नेतृत्व अध्यक्ष भट्टराईले गर्ने बताइएको छ ।
यस विषयमा छलफल चलिरहँदा अध्यक्ष उपेन्द्र यादव भने बैठकबाट बीचैमा बाहिरिएका थिए ।यद्यपि स्रोत भन्छ, फोरम अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराईबीच आजै छुट्टै छलफल हुनेछ ।

वैशाख २३ गते नयाँ शक्ति र फोरम बीच एकता घोषणा: को बन्ला अध्यक्ष ?

पोखरा- वैशाख २३ गते डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीच एकता घोषणा हुने भएको छ ।

वैशाख २० गते नयाँशक्ति पार्टीको सचिवालय बैठक बसेर एकताबारे निर्णय गर्ने नयाँ शक्ति निकट स्रोतले जनाएको छ ।
यसै गरी २१ गते नै संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकताको कार्यविधि पास गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

२२ गते बाँकी काम पूरा गर्ने र २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गर्न लागिएको नयाँ शक्तिका एक नेताले बताए । स्रोतका अनुसार डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहने गरेर पार्टी एकता गर्ने तयारी रहेको छ । तर वरिष्ठताका आधारमा भट्टराई अगाडि रहनेछन् ।

फोरम र नयाँ शक्तिबीच चुनाव अगाडि नै एकता गर्ने प्रयास भएपनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । पछिल्लो समय राजपा र फोरमबीच पनि एकता हुने चर्चा चलेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार