logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हातहतियार खरखजाना नियमावली संशोधन सहित मन्त्रीपरिषद्का महत्त्वपूर्ण ९ निर्णय यस्ता छन्


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन् ।

यस्ता छन् निर्णयहरू –

१. पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरिएको छ ।

२. सबै स्थानीय तहमा (Sub- National Treasury Regulatory Application (SuTRA) ) सफ्टवेयर लागू गर्ने निर्णय गरिएको छ ।

३. साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागि उपलब्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

४. हातहतियार खरखजाना नियमावली, २०२८ को अनुसूचि ११(क) मा संशोधन गर्ने निर्णय गरिएको छ ।

५. निम्न प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–

क) दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना (२५ मे.वा.)

ख) फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति

ग) महाकाली सिँचाइ आयोजनाको नहर निर्माण

६. प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने निर्णय गरिएको छ ।

७. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन ‘आर्थिक वर्ष २०७४/७५’ संघीय संसद्समक्ष पेश गर्ने निर्णय गरिएको छ ।

८. सैनिक प्राविधिक सेवा नियमावली, २०७५ स्वीकृत गरिएको छ ।

९. सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका, २०७५ स्वीकृत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार