logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अदालतले नै खोला ब्यक्तीको नाममा फैसला


  • पत्रपत्रिका
  • आइतबार, बैशाख २२ २०७६

भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि( १६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् । नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं. ४२४ को उक्त जग्गा ‘खोलो र सरकारी’ उल्लेख छ । याे समाचार बलराम बानियाँले कान्तिपुरमा लेखेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार