logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजेन्द्र महतोको सरकारलाई प्रश्नै प्रश्न : नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?


  • राजनीति
  • आइतबार, बैशाख २२ २०७६

राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको आरोप लगाएका छन।

आइतबार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा महतोले भने, ‘यो नीति तथा कार्यक्रम कस्तो छ ? झुटको खेतीजस्तै छ । जनतालाई गुमराह गर्ने खालको । सफेद झुट जनताको अधिकारमाथि दिनदाहाडै डकैती ।’

महतोले नीति तथा कार्यक्रम ७ नम्बर बुदामाथि संशोधन हालेको बताए ।

संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन भन्ने उल्लेख भएको प्रति उनले प्रश्न गरे–‘कहिलेदेखि संविधानमा विमती छैन ? कसरी लेख्यो यो नीति तथा कार्यक्रम ? आधा निद्रामा लेखेको हो कि कसो ? प्रधानमन्त्री जी हुनुहुन्न ? यो संविधानमा विमती नै छैन रे ? भो अब ।’

उनले पचासौँ पटक संसदमा आफ्नो दलले विमती जनाएको बताउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेर प्रचण्डले नै विमती जनाएको बताए । उनले नीति तथा कार्यक्रममा कसरी यस्तो लेखियो भन्दै पश्न गरे ।

उनले उप्रधानमन्त्री उपेन्द्र यादवलाई देखाउँदै भने–‘हाम्रो उपेन्द्र जी, उपप्रधानमन्त्री हामीसँगै लडेको हो । सयौँ मान्छे मार्न लगाएकै हो । अनि सरकारमा जान २ बुदेँ सहमती गरेकै हो । त्यो विमती नभएको भए किन सहमती गरेको हो । अनि विमती छैन ? के हो यो ?’

६ महिना नाकाबन्दी, चक्काजाम गरेर संविधानमा विमती देखाएको हैन भन्दै उनले सयौ मान्छेले ज्यान गुमाएको विमती हैन भन्दै प्रश्न गरे । उनले भने–जे मन लाग्यो त्यही लेख्दिने ? यसरी मुलक चल्ने हो ? आफैले विमती छ भनेर स्वीकार गर्ने अनि विमती छैन भनेर लेख्ने ? कि भाङ खाएर लेखेको हो ?’

उनले संविधानमा विमती भएर नै संविधान संशोधनको प्रस्ताव आएको हैन भन्दै प्रश्न गरे ।

उनले शाही सम्बोधनमा आएको नीति तथा कार्यक्रम आएको भन्दै यस्तो पहिले श्री ५ को सरकार हुँदा मात्र हुने गरेको स्मरण गराए । ‘के गढबढ भइसक्यो कि फेरि।।। ?,’ उनले प्रश्न गरे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार